neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल चेम्बर अफ कमर्सका र गृहसचिव न्यौपानेबिच भेटवार्ता

नेपाल चेम्बर अफ कमर्सका र गृहसचिव न्यौपानेबिच भेटवार्ता

Feb 20th, 2020

काठमाडौ, फागुुन ८

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले हालै गृह मन्त्रालयको कार्यभार सम्हाल्नु भएका गृह सचिव महेश्वर न्यौपाने सँग भेट गरी उहाँलाई बधाई तथाकार्यकालको पूर्ण सफलताको कामनागर्दै व्यवसायिकशान्ति सुरक्षाको प्रत्याभुति गृहप्रशासनबाट हुने कुरा सम्पूर्ण निजी क्षेत्र वाव् यवसायिहरुले अपेक्षा राखेका छन् ।

माल वस्तुको सहज, सरल र नियमित आपूर्तिको व्यवस्थागर्न वाणिज्य तथा उपभोक्ताहित संरक्षण विभाग रहेको छ । अनुगमनको क््रmममा अनाश्यक धरपकड नगर्न समेत अनुरोध गर्दै यसबाट व्यवसायिक वातावरण बिग्रने बताएका छन् । औद्योगिक एवं व्यवसायिक शान्ति सुरक्षाका लागि औद्योगिक क्षेत्र, इन्डस्ट्रियल कल्स्टर आदिमा सशक्तता अपनाउनु पर्छ । ट्राफिक व्यवस्थापनमा निर्यातलाई इमरर्जेन्सी एम्बुलेन्स जस्तो बंगलादेश छ, त्यस्तै प्राथमिकतामा राखिनु पर्छ । उहाँले कालो बजारी संम्बन्धी पुराना कानून खारेज गर्नु पर्नेमा जोड दिनु भएको छ ।

साथै नीजि क्षेत्र शहरी ट्राफिक व्यवस्थापनमा सहकार्य गर्न तयार रहेको, विपद व्यवस्थापनमा चेम्बरले सहयोग गरि राखेको र अब विपद व्यवस्थापन प्राधिकरण बनिसके पनि वित्त पोषण जोखिम रणनीति बनाउन चेम्बरले गृहमन्त्रालयसँग सहकार्य गरिरहेको बताउँदै चेम्बरको करीब सबै जिल्लामा सञ्जाल विस्तार भई कार्य भइरहेकोले गृह अन्र्तगत संघिय,प्रदेश र स्थानिय स्तरमा चेम्बरको प्रतिनिधि हुने अनुरोध गरेका छन् । पहिला थुन्ने अनि सुन्नेबाट व्यवसायत्रसित छन् । त्यसैले अनुसन्धानन गरी थुन्ने कार्यले व्यवसायिको शाखमा गिरावट आउने हुँदा यसमा गम्भिरताका साथ बिचार गर्नु पर्ने बताउँदै अध्यागमनमा हाल भारत जांदा स्थलमार्ग बाट प्रस्थानमा छाप नलगाउने हुंदा साना मझौल र ठूलो सबै उद्यमी व्यवसायिहरुलाई नकरात्मक असर परि व्यवसायिको लागत बढ्ने, अध्यागमन झन्झटिलो भई उद्योग व्यवसायी लगानी प्रवद्र्धनमा नकारात्मक असर पर्ने हुँदा सो व्यवस्था व्यवसायिको हकमा तत्काल खारेजी गरिनु पर्ने सुझाव चेम्बरका अध्यक्षले जनाएका छन् ।

सो अवसरमा गृह सचिव, महेश्वर न्यौपानले चेम्बर अफ कमर्सका अध्यक्ष लगायत प्रतिनिधि मण्डलले राख्नु भएको प्रस्तावहरुलाई सरकारको तर्फबाट सकारात्मक सोचका साथ अगाडि बढ्ने कुराको विश्वास दिलाउँदै सरकार र निजि क्षेत्र बिच समन्वयनात्मक भूमिका खेल्ने कुरामा विश्वास दिलाउनु भयो । उक्त कार्यक्रममा नेपाल सरकार, गृह मन्त्रालयका वरिष्ठ अधिकृतहरु, चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, लगायत पदाधिकारीहरु, कार्य समिति सदस्य,उद्यमी व्यवसायिको उपस्थिती थियो ।