मोगादिसु,८ फागुन (रासस/सिन्ह्वा)
सोमालियाको राजधानी सहर मोगादिसुको वादाजिर जिल्लामा बुधबार अमेरिकाआवद्ध एक हवाई कारबाहीमा परी अल शबाब आतङ्ककारी समूहका तीन सदस्य मारिएका छन् ।
यस कारबाहीको क्रममा सर्वसाधारणतर्फ कुनै हताहत नभएको संयुक्त राज्य अफ्रिका कमाण्ड (अफ्रिकम) गुप्तचर विभागका उप निर्देशक ग्रेगोरी हेडफिल्डले बताउनु भएको छ ।
अल शबाबले विगतका दिनहरुमा विस्फोटक उपकरणहरुको सहयोगले हत्या, हिंसा गर्दै आएका उप निर्देशक ग्रेगारी बताउनु भएको छ ।