neapl investment mega bank
  • गृहपृष्ठ
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

Feb 20th, 2020

काठमाडौं, ८फागुन

कैलाली, चितवन, सिरहा र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

कैलाली,टिकापुर नगरपालिका-४ अस्नेहरी चोकमा बुधबार दिउँसो से.६ प५२०२ नम्बरको मोटरसाइकलले ठक्करदिंदा सोही ठाउँ बस्ने पैदलयात्री ८५ वर्षीया कलधरी रावलको मृत्यु भएको छ । दुर्घटनामागम्भीरघाइते भएकी उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीलेनियन्त्रणमा लिएको छ ।

चितवन,भरतपुर महानगरपालिका-१९ तमुचोकमा प्रदेशनम्बर २-००३-००४ प ९४४० नम्बरको मोटरसाइकलबुधबार साँझ अनियन्त्रित भई सडक छेउमा रहेको रुखमाठोक्किएरदुर्घटना हुँदा सोही महानगरपालिका-६ गितानगर बस्ने ३५ वर्षीय राजेन्द्र पौडेलको मृत्यु भएको छ । दुर्घटनामागम्भीरघाइते भएका उनको स्थानीय स्वास्थ्यचौकी रामपुरमा उपचारको क्रममा मृत्युभएको हो ।

सिरहा,सिरहा नगरपालिका-१ हटियास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलले बुधबार साँझ ठक्कर दिंदा सोही ठाउँ बस्ने १८ वर्षीय नरेश सदाको मृत्यु भएको छ । दुर्घटनामागम्भीरघाइते भएका उनकोजिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मोरङ, कटहरी गाउँपालिका-१ स्थित सडकमा को.२ त ६७३६ नम्बरको ट्याक्टर बुधबार राति अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक ग्रामथान गाउँपालिका-५ तेतरिया बस्ने २४ वर्षीय युवराज भगतको मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।