neapl investment mega bank
  • गृहपृष्ठ
  • विकास निर्माणले गति किन लिएन ? समीक्षा गरौँ : मन्त्री पुन

विकास निर्माणले गति किन लिएन ? समीक्षा गरौँ : मन्त्री पुन

Feb 20th, 2020

बनेपा, ८ फागुन (रासस)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विकास हुन नसकेको कारण खोज्न आवश्यक रहेको बताउनुभएको छ । जलस्रोत तथा सिँचाइ विभागद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधबार आयोजित १२ औँ जलस्रोत तथा सिँचाइ सम्मेलन २०२० को उद्घाटन गर्नुहुँदै उहाँले लक्ष्य अनुसारका काम सम्पादन हुन नसक्नुका कमजोरी कसको कहाँनिर रह्यो भन्ने कुरा खोज्न आवश्यक रहेको बताउनुभएको हो ।

“हिजो सरकार परिर्वतन भइरहँदा विकास निर्माणमा ढिलाइ भएको भन्ने गरेको भए पनि अहिले स्थिर सरकार हुँदा विकास निर्माणले गति लिन नसकेपछि कसको कहाँ कमजोरी भयो, यो खोज्न आवश्यक छ ।” मन्त्री पुनले भन्नुभयो, “अब समस्या कहाँ छ ?, मन्त्री, कर्मचारी वा निर्देशक ?”

चौमासिक रुपमा सात प्रतिशत र सात महिनामा जम्मा २४ प्रतिशत बजेट खर्च भएको बताउनुहुँदै उहाँले भन्नुभयोे, “तपाईहरू बोल्नलाई हिचकिचाउनु पर्दैन, काम गर्नलाई मन्त्री र निर्देशकलाई पर्खनु पर्दैन, समस्या कहाँनिर हो समाधानको लागि सामूहिकरुपमा छलफल गरौँ ।”

विभागका निर्देशक मधुकरप्रसाद राजभण्डारीले विभागका गतिविधि माथि जानकारी दिनुभएको थियो ।