neapl investment mega bank
  • गृहपृष्ठ
  • गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

Feb 20th, 2020

सुर्खेत, ८ फागुन

भेरीगंगा नगरपालिका-१२ स्थित सडकमा बा.३ ख ६३५२ नम्बरको गाडीले भे.४ प ६३३८ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुका ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-४ बस्ने ३३ वर्षीय राजु बोहराको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

फरार गाडी चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।