neapl investment mega bank

अवैध लागूऔषध सहित पक्राउ

Feb 19th, 2020

काठमाडौं, ७ फागुन

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ स्थितबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी सहित भारत बिहार राज्य बेतिया पश्चिम चम्पारण कालाबाघ बस्ने सर्तोज आलम र समिर आलमलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना.५ ख ४६०४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

उदयपुर, त्रियुगा नगरपालिका-११ पिपल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २० ग्राम सहित त्रियुगा नगरपालिका-११ संगम टोल बस्ने राउल श्रेष्ठलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।