neapl investment mega bank
  • गृहपृष्ठ
  • वुहानबाट ल्याइएका कसैमा पनि कोरोना भाइरस नभएको मन्त्रालयद्धारा पुष्टी

वुहानबाट ल्याइएका कसैमा पनि कोरोना भाइरस नभएको मन्त्रालयद्धारा पुष्टी

Feb 19th, 2020

आधारभूमी संवाददाता

काठमाडौं ,७ फागुन

चीनको वुहानबाट ल्याइएका १ सय ७५ जना नेपालीमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण नदेखिएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले चीनबाट नेपाल ल्याएका नेपालीहरुको स्वास्थ्य परीक्षणका क्रममा कसैमा पनि कोरोना भाइरस नभएको स्पष्ट पारेको हो ।

मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो । मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले वुहानबाट ल्याइयका कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको जानकारी दिएका हुन् ।

मन्त्रालयले फागुन ४ गते चीनको वुहानबाट ल्याएका १७५ जनाकै स्वास्थ्य परीक्षण गरेको थियो ।

मन्त्रालयले कोराना भाइरस फैलन नदिन निगरानी गरिरहेको जनाउदै संक्रमण फैलन नदिन आवश्यक तयारी गरिरहेको दावी गरेको छ।

सरकारले गत फागुन ४ गते चीनबाट १७५ जना नेपालीको उद्दार गरेर भक्तपुरमा राखेको छ ।