neapl investment mega bank

समाजको भवन निर्माण गर्न एक करोड दान

Feb 19th, 2020

काठमाडौँ, ७ फागुन (रासस)

विराटनगरका समाजसेवी बद्रीप्रसाद पहाडीले मानवअधिकार तथा शान्ति समाजको काठमाडौँमा कार्यालय भवन निर्माण गर्न रु एक करोड दान गर्नुभएको छ ।

समाजले आज एक विज्ञप्ति जारी गरी भवन निर्माणको प्रारम्भिक प्रक्रिया थालिनेवित्तिकै उक्त रकम समाजको खातामा जम्मा हुने गरी समाजसेवी पहाडीले रकम प्रदान गर्नुभएको जनाएको छ ।