neapl investment mega bank
  • गृहपृष्ठ
  • पश्चिमी वायुको प्रभाव : हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव : हल्का वर्षाको सम्भावना

Feb 19th, 2020

काठमाडौँ, ७ फागुन (रासस)

पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको अधिकांश स्थानमा सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान विभागले जनाएको छ ।

मंगलबार पश्चिमी क्षेत्रबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । सुदूरपश्चिम क्षेत्र तथा अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।

पछिल्ला केही दिनयता लागेको तुवाँलो पश्चिमी वायुको सक्रियतापछि हटेर जाने उहाँले बताउनुभयो । “शनिबारबाट उक्त तुवाँलो विस्तारै हट्दै जाने छ”, मौसमविद् नगरकोटीले भन्नुभयो ।

बिहीबार र शुक्रबार पनि देशभर सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव नौ डिग्री र अधिकमत तापक्रम २२ दशमलव दुई डिग्री सेल्सियस छ ।