काठमाडौं, फागुुन ७
सेञ्चुरी कमर्सियल बैंकको यही फागुुन छ गते बसेको सञ्चालक समितिको ३०५ औं बैठकले प्रा.डा. गीता प्रधानलाई स्वतन्त्र संचालकमा नियुक्त गर्ने निर्णय गरेको छ ।
बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र सात वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर एक सय शाखाहरु र तीन वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा एक सय ३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।