neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • सर्वोकृष्ट पुरुष र महिलाबर्ष खेलाडीलाई ग्लोबल आई एम ई बैंकको नगद पुरस्कार प्रायोजन

सर्वोकृष्ट पुरुष र महिलाबर्ष खेलाडीलाई ग्लोबल आई एम ई बैंकको नगद पुरस्कार प्रायोजन

Feb 19th, 2020

काठमाडौ, फागुुन ७

ग्लोबल आईएमई बैंकले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघद्धारा आयोजित स्र्पोट्स अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने नगद पुरस्कार प्रायोजन गरेको छ । पुरुषतर्फ सर्वोकृष्ट हुनु भएका प्याराग्लाईडिङ्गका विमल अधिकारी र महिलातर्फ सर्वोकृष्ट हुनु भएका तेकवान्डोकी निमा गुरुङ्गलाई यस बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले जनही एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेकाछन ।

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले नेपाली खेलकुदको विकाश र विस्तारको लागि निरन्तर रुपमा खटेर काम गर्ने संघसंस्था, व्यक्तित्वहरु लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुको मनोबल बढाउने उद्धेश्यले विगत १३ वर्ष देखि निरन्तर स्र्पोट्स अवार्ड प्रदान गर्दै आईरहेको छ । सोहि कार्यलाई निरन्तरता दिदैं १४औं एन.एन.आई.पि.ए स्र्पोट्स अवार्ड फागुुन छ गते वसन्तपुरको डवलीमा आयोजना गरिएको थियो ।

कर्पोरेट क्षेत्रको प्रत्यक्ष सहभागिताले खेलाडीको मनोबल बढाई समग्र खेल क्षेत्रकै विकासमा महत्वपूर्ण योगदानपुग्न सक्ने कुरालाई दृष्टिगत गरी ग्लोबल आई एम ई बैंकले खेलाडीहरुलाई प्रदान गरिने विभिन्न पुरस्कारहरुमा प्रायोजन गर्दै आईरहेको छ । ग्लोबल आई एम ई बैंकको खेलप्रतिको यस सहयोगले खेलाडीहरुमा हौसला प्रदान भई समर्ग नेपाली खेल क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।