neapl investment mega bank

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

Feb 18th, 2020

काठमाडौं, ६ फागुन

कास्की र बाराका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

कास्की, पोखरा महानगरपालिका-१४ चाउथेस्थित सडकमा प्रदेश नम्बर ३-०१-०२२ च ०६६१ नम्बरको कार अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका कारमा सवार स्याङ्जा विरुवा घर भएका २७ वर्षीय याम बहादुर मगरको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, पचरौता नगरपालिका-८ ढोरापुल नजिक ना.२३ प २७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक पचरौता नगरपालिका-८ बस्ने २२ वर्षीय बिजय यादव र मोटरसाइकलमा सवार ५५ वर्षीय रामेश्वर यादवको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।