neapl investment mega bank
  • गृहपृष्ठ
  • धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

Feb 18th, 2020

झापा, ६ फागुन

छिमेकीलाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा कमल गाउँपालिका-५ पानडाँडा बस्ने २३ वर्षीय राजु बिकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी छिमेकी २४ वर्षीय महेन्द्र दर्जीलाई बिकले छुरा प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते दर्जीको एडभान्स अस्पताल हुँदै थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।