neapl investment mega bank

अवैध लागूऔषध सहित पक्राउ

Feb 18th, 2020

काठमाडौं, ६ फागुन

ललितपुर, गोदावरी नगरपालिका-२ चापाखर्कबाट अवैध लागूऔषध गाँजा करिब १ सय केजी सहित गोदावरी नगरपालिका-२ चापाखर्क बस्ने ४४ वर्षीय सन्त सिंह तामाङ लगायत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बाँडेगाउबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी तलासी गर्दा उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।

उदयपुर, बेलटार नगरपालिका-९ रामपुर बस्ने ३५ वर्षीय आकास तिम्सिना लगायत ३ जनालाई अवैध लागूऔषध गाँजा ३ सय ग्राम, नियन्त्रित लागूऔषध डाईजेल्याप ३ एम्पुल, लुप्रिजेसिक ४ एम्पुल, फेनारगन ४ एम्पुल, नाइट्रभेट ११ ट्याबलेट, डाइलेक्स डिसी १ सय एमएलको २ बोतल र स्पास्मोप्रोक्सिभोन प्लस ५९ ट्याबलेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । तिम्सिनाको घरमा अवैध लागूऔषध बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । साथै तिम्सिनाको घरबाट गाँजा काट्न प्रयोग हुने काठको टुक्रा २ थान, खुकुरी १ थान, नगद १५ हजार रुपैयाँ, मिनी ल्यापटप १ थान , बा.१९ च ८४७४ नम्बरको कार समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।