neapl investment mega bank
  • गृहपृष्ठ
  • बैक ब्यालेन्स देखाउन भनी ६० लाख ठगी गर्ने दुई जना मानिस पक्राउ

बैक ब्यालेन्स देखाउन भनी ६० लाख ठगी गर्ने दुई जना मानिस पक्राउ

Feb 17th, 2020

काठमाडौ, फागुुन ५

बैक ब्यालेन्स देखाउन भनी ६० लाख ठगी गर्नेदुई जना मानिस पक्राउ परेकाछन । महानगरी अपराध महाशाखा टेकुुका अनुसार नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ३ घर भई हाल काठमाडौ जिल्ला तार्केश्व र नपा २ बस्ने बर्ष ३७ की सानुमाया लामालाई रामचन्द्र कुँवरले अमेरिका जानको लागी बैक ब्यालेन्स देखाउनु पर्ने भनी बिभिन्न प्रलोभनमा पारी प्राईम बैकका खाता बाहक रामचन्द्र कुँवरको खातामा ६० लाख रुपैयाँ रकम राख्न लगाई रकम राखेको भोली पल्ट प्राईम बैकको शाखा चावहिल नयाँबानेश्ववर ,कोटेश्वर, सामाखुसी र ईमाडोलबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमती पत्र राखी रकम निकाली ठगी गरी सम्पर्क विहिन भएको भन्ने जाहेरी प्राप्त भएको थियो । सोही जाहेरीका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले निजहरुलाई खोजतलास गर्दै जाने क्रममा यही फागुुन चार गते बेलुका भक्तपुर ठिमी एरियामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीका अनुुसार प्रारम्भिक अनुसन्धानका क्रममा निजहरुले अन्य तीन जना समेतवाट ७० लाख लिई ठगी गरेको खुल्न आएको साथै सोही प्रकृतिका घटनाहरु पुन दोहोरिन सक्ने सम्भावना रहेकोले समयमै सजग र सचेत रहन हुन सम्पुर्ण महानुभावहरुमा प्रहरीले अनुरोध समेत गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा रामचन्द्र कुंवर सहित काभ्रेपलाञ्चोकको चउरे घर भई हाल ललितपुरको ईमाडोल बस्ने ३४ बर्षिय गणेश लामा समेत रहेकाछन ।