neapl investment mega bank
  • गृहपृष्ठ
  • बलात्कारका आरोपी महराले पाए अदालतबाट सफाइ

बलात्कारका आरोपी महराले पाए अदालतबाट सफाइ

Feb 17th, 2020

आधारभूमी संवाददाता

काठमाडौं,फागुन ५

बलात्कारको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराले अदालतबाट सफाइ पाएका छन्। काठमाडौं जिल्ला अदालतले सोमबार फैसला गर्दै महरालाई सफाइ दिएको अदालतले जनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई निर्दोष ठहर हो ।

उनलाई संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोग लागेको थियो । यस अभियोगमा उनी हिरासतमा थिए ।

महरालाई लागेको अभियोगबारे आइतबार अन्तिम सुनुवाइ भएको थियो। तर फैसला भएको थिएन ।

यसअघि महराले जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले जिल्लाको फैसलालाई सदर गरिदिएको थियो।

महराले बलात्कार प्रकरणमा मुछिएपछि असोज १४ गते पदबाट राजीनामा दिएका थिए भने १९ गते पक्राउ परेका थिए ।