neapl investment mega bank
  • गृहपृष्ठ
  • यस्ता उपाय अपनाउनोस् कोराना भाइरसलाई भगाउनोस्

यस्ता उपाय अपनाउनोस् कोराना भाइरसलाई भगाउनोस्

Feb 16th, 2020

आधारभूमी संवाददाता

काठमाडौ,फागुन ४

आयुर्वेदिक–जडीबुटी अन्वेषक योगी धर्म महारस (धर्मराज पौडेल) ले आफूले कोरोना भाईरसको औषधी (आयुर्वेदिक) पत्ता लगाएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूले जीवनको ४८ वर्षदेखि आयुर्वेदिक–जडीबुटीसम्बन्धी खोज तथा अनुशन्धान गरेको सुनाए ।

अहिले चीनबाट विश्वभरि फैलिएको कोरोनाको माहामारी नियन्त्रणको लागि आफूले पत्ता लगाएको आयुर्वेदिक–जडीबुटीले काम गर्ने विश्वास दिलाए । उनकाअनुसार कोरोनाको नियन्त्रणको लागि यी विधी अपनाउनु यपयोगी हुन्छ ।

– श्वास रोग नाशक काँढा पानी स्लता खएर वा वृक्ष खएर, अरेलु, सतुवा, कुठ वा पदमचाल वा ३–५ पटक पिउनुपर्छ ।

– रोग प्रतिरोधात्मक कीटाणु–विषाणुमारक ओखती प्रातः ६ बजे र बेलुकी खानाको १ घण्टाअगाडि ६ बजे १र१ चम्चा खानुपर्छ ।

श्वासप्रश्वास हर रसादि खानाको २ घण्टाअगाडि बिहान ७ र बेलुकी ५ बजे नपकाएको गाउँले महसँग खानुपर्छ ।

– रस–रसायन चटनी बिहान ८ र दिनमा २ बजे अनि बेलुका ८ बजे ३र ३ ग्राम ३ पटक न तातो न चिसो जलसँग चाट्नुपर्छ ।

दिनभर पानपात वा बालहरितकी वा शुद्ध शोधित त्रिफलारसायन चुसिरहनुपर्छ ।

भोजन पछि अग्निवर्धकचूर्ण  १र१ चौथाइ खाना वा खाजापछि खानुपर्छ । बिहानै र बेलुकातिर वातावरण शुद्ध गर्न अष्ठधूपको धुपौरो लगाउनुपर्छ ।

– जटामसी, सुगन्धवाल, सुनपाती, अदुवा र हलेदो इत्यादिको अत्तर नाकको प्वालतिर घस्नुपर्छ ।

श्वासप्रश्वास शामक अर्क वा स्थानीय चरेको गोअर्क ३० मिलि। २–३ पटक पिउनुपर्छ ।

भोक लाग्दा सर्वव्याधिहर जीवनीयतत्वरक्षक एवं प्राणशक्तिवर्धक निर्दोष–अमृतवर्गका पौष्टिकचूर्ण ३–१० ग्राम हिम महसँग खानुपर्छ । भोजन ज्ञान–विज्ञान आयुर्वेदिक पथ्या–अपथ्या वैज्ञानिक खानापिना मिलाउन आवश्यक छ । चिसोपानी र ठण्डा खानापिना वर्जित छ ।

तातोपानी र मनमनतातोपानी यथासम्भव अक्सिजनवाहक जडीबुटी क्वाथ वा बरपिपलसहितको महाकटु वा त्रिकटुक्वाथ २ पटक १ १ गिलास पिउनुपर्छ । प्राकृतिक कानुन–नियमसँग रही अनुशासनको दिनचर्या गरी यथाशीघ्र सञ्चो हुनुपर्छ ।

जे खान्छौ त्यो औषधीय होस् रोग घट्दै जावोस्, खानासाथ लाभ मिलोस् । खाएर पिएको ओखतीले छिटो काम नगर्ने र हानीसमेत गर्नेसँग सावधानी अपनाउन जरूरी छ । स्वस्थ प्राकृतिक जीवनशैली र आयुर्वेदीयपद्धति नै मानव स्वास्थ्य कल्याणकारी सर्वजन प्रिय विषय हो ।

ऋषिमुनि सेवाश्रमका संस्थापक अध्यक्ष समेत रहेका योगी धर्म महारसले ८ हजार जडीबुटीका संग्रह रहेका तीन हजार ६० पृष्ठको ‘महारस निघन्टु’ पुस्तक समेत बजारमा ल्याईएको जानकारी दिए ।

उनले कोरोनाबाट बच्नको लागि वनेलु कन्दमूल, जैविक–अर्गानिक खाद्य, खस्रो गहुँ र कोदो मिसिएको पिठोको रोटी, सिप्लीकान र चिनीयासाग, भृङ्गराजसाग, असुरोको पुष्प, वंशलोचन, रक्तअनार, रक्तपलासपुष्प, पान, कोदो र सिस्नुको पातलो खोले, हरियो चोपिलोरस आउने विभिन्न आलो साग, दूधमा बेसार राखी पिउने, लालीगुराँस फूल इत्यादि खानुपर्ने सुझाव दिए ।

त्यस्तै खानै नहुनेमा पत्रुखाना (जंक फुड), माछामासु, अण्डा,  सँग दूध र पानी, मद्यपान, धूम्रपान, बासी वा दूषित भोजन, चिनी, चिया, पुरानो अनाज, आलु र सेतो चामल, सिल्टीमा पकाएको खानापिना, अनेक एसिड हालेको अम्ल, मैदाका पदार्थ, बिष्कुट, चाउचाउ–चाउमिन, भुजा, गाडेको–गालेको अचार, कडा अमिलो, बोतलबन्द पेयपदार्थ, अजिनोमोटो, अति नुन, एकैपटकमा धेरै मिश्रीत खाना, वर्षौं सडेको खाद्य, केमिकल मिसिएको सागपात र अन्न, कुहिएको बजारीया खाना इत्यादि रहेको पनि उनले जारी गरेको प्रेस विज्ञप्तीमा जनाईएको छ ।