neapl investment mega bank

यौन दुव्र्यवहारका कारण शिक्षक पक्राउ

Feb 15th, 2020

आधारभूमी संवाददाता
ललितपुर , ३ फागुन

ललितपुरको महालक्ष्मी न.पा. वडा. नं ७ स्थित नारायण आधारभुत प्रा. वि. का शिक्षक पक्राउ परेका छन् । सो प्रा.वि.मा एक बर्ष देखि कर्यरत नन्द प्र. निरौलाले सो भन्दा अघि पाटन उच्च मा.वि र कालिका मा. वि लामाटारमा पनि छात्राहरूलाई यौन दुव्र्यवहारका गर्ने गरेको पाईएको छ ।

निज नन्द प्र. निरौला विरुद्ध महानगरिय प्रहरी प्रभाग सातदोबाटोमा उजुरी परेको छ ।

उजुरीमा १७ जना छात्राले गरेका छन् । निरौला हाल महानगरिय प्रहरी प्रभाग सातदोबाटोमा छन्
। कठघरामा राखी अनुसन्धान भईरहेको महानगरिय प्रहरी प्रभाग जावलाखेलका प्रमुख टेक वा राई ले वताएका छन् ।