neapl investment mega bank
  • गृहपृष्ठ
  • पोर्चुगाली राष्ट्रपति मार्सेलो र प्रधानमन्त्री मोदीबीच दिल्लीमा भेटवार्ता

पोर्चुगाली राष्ट्रपति मार्सेलो र प्रधानमन्त्री मोदीबीच दिल्लीमा भेटवार्ता

Feb 15th, 2020

नयाँ दिल्ली, ३ फागुन (रासस/एएनआई)

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार पोचुगालीका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसासँग राजधानी नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भएको छ ।

वार्तापहिले दुवै नेताहरू भारत र पोर्चुगलबीच भएका सम्झौताको आदानप्रदान समारोहमा उपस्थिति हुनुभएको थियो । नानो बायोटेक्नोलजी, उच्च शिक्षा लगायतका क्षेत्रहरुमा मार्सेलोको भ्रमणको क्रममा भारत र पोर्चगलबीच कम्तिमा सात सम्झौतापत्रमा हस्ताक्षर भएको छ भने अन्य केही सम्झौताहरूको पनि आदानप्रदान भएको छ ।

मार्सेलो चार दिन लामो भ्रमणमा बिहीबार भारत आउनुभएको हो । उहाँसँगै वैदेशिक मामिला मन्त्री प्राध्यापक अगस्टो सान्टोस सिल्भा, प्राध्यापक यूरोको ब्रिल्हन्टे डायस र जोर्ज सेगुरो सान्चे पनि भ्रमण दलमा रहनुभएको छ ।

यस भ्रमणले दुबै पक्षलाई द्विपक्षीय सम्बन्धका विभिन्न क्षेत्रमा भएका प्रगतिहरूको समीक्षा गर्ने, सहयोगका नयाँ पक्षहरू अवलम्बन गर्ने र आधिकारिक विज्ञप्तिमा साझा चासोका अन्तर्राष्ट्रिय मुद्दाहरूको बारेमा आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ ।