neapl investment mega bank
  • गृहपृष्ठ
  • नेविप्राका सहायक प्रबन्धक अख्तियारको फन्दामा

नेविप्राका सहायक प्रबन्धक अख्तियारको फन्दामा

Feb 15th, 2020

काठमाडौँ, ३ फागुन (रासस)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण केन्द्रमा कार्यरत सहायक प्रबन्धक (आठौँ तह) शेरबहादुर सुनारलाई घुससहित नियन्त्रणमा लिएको छ ।

निजले कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न भइसकेपछि अन्तिम बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग रु ७५ हजार घुस लिएको आयोगले आरोप लगाएको छ । प्रबन्धक सुनारले उक्त घुस रकम कार्यालयका सवारी चालक टेकबहादुर खड्कालाई लिन पठाएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । निज खड्कालाई पिछा गर्दै जाँदा कमलामाई नगरपालिका–७ गैरीचोकबाट रङ्गेहाते र सहायक प्रबन्धकलाई कार्यालय नजिकैबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।