neapl investment mega bank
  • गृहपृष्ठ
  • पेरुको ट्याँकर दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो

पेरुको ट्याँकर दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो

Feb 14th, 2020

लिमा, २ फागुन (रासस/एएफपी)

पेरुको लिमामा गत महिना भएको ग्याँस ट्याँकर बिस्फोटबाट मृत्यु हुनेको संख्या ३० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत जनवरी २३ मा करिब १० हजार लिटर एलपिजी ग्याँस बोकेको ट्याँकर बिस्फोट भएको थियो । शुरुमा दुई जना मात्र उक्त दुर्घटनामा मारिएका र ५० जना घाइते भएका थिए, तर अधिकाँश व्यक्तिका शरीर जलेका कारण मृत्यु हुनेको संख्या बढेको मन्त्रालयले जनाएको छ ।

तिब्र गतिमा दौडेको ट्याँकर सडकका खाल्डाखुल्डीमा परेर ग्याँस चुहिएको अनुसन्धानकर्ताहरुले बताएका छन् । बिस्फोटबाट भिल्ला एल साल्भाडोर जिल्लाका सडक किनाराका धेरैवटा घर र सवारी साधनमा क्षति पुगेको थियो ।

सरकारी वकीलहरुले ट्याँकर चालक ७४ वर्षीय लुइस गुजमानमाथि कारबाही चलाउन मुद्दा दर्ता गरिसकेका छन् ।