काठमाडौ, फागुुन २
युलेन्स एजुकेशन फाउण्डेसनले डा.अरनिको कुमार पाँडेलाई आगामी दुई वर्षकालागि फाउण्डेसनको प्रमुख कार्यकारी अधिकृतकोरुपमा नियुक्त गरेको छ । डा. पाँडे युलेन्स एजुकेशन फाउण्डेसनको प्रमूख कार्यकारी अधिकृत नियुक्त हुनुअघि युलेन्स एजुकेशन फाउन्डेसनका बोर्ड सदस्य तथा इसीमोडमा वातावरण विज्ञकारुपमा कार्यरत रहेका थिए । डा. पाँडे ले फेब्रुअरी १, २०२० का दिनदेखि युलेन्स एजुकेशन फाउण्डेसनको नयाँ जिम्मेवारी ग्रहण गरेका हुुन । उनले अमेरिकाको हावर्ड विश्व विद्यालयबाट वातावरण विज्ञानमा स्नातक, अमेरिका कै े विस्कन्सीन म्याडिसन विश्व विद्यालयबाट भू–शंशाधन विषयमा स्नातकोत्तर र म्यासाच्यूटस् इन्टिच्युट अफ टेक्नोलोजिबाट विद्यावारिधी उपाधि हाँसिल गरेकाछन ।
सन् २००६ मा ब्यारोन गाइयुलेन्स र मिरीयम युलेन्सको संरक्षकत्वमा गैर नाफामूलक संस्थाकारुपमा स्थापित युलेन्स एजुकेशन फाउन्डेसनले प्रगतिशील शिक्षा प्रवाहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । फाउन्डेसनले अमेरिकाको न्यूयोर्क स्थित बैंक स्ट्रीट कलेज अफ एजुकेशनको शैलीमा एक्काईसौँ शताव्दी सुहाँउदो व्यवहारिक शिक्षा प्रदान गर्दै आइरहेको छ ।
फाउन्डेसनले हाल ललितपूरको जावलाखेलमा युलेन्स किन्डर गार्डेन तथा खुमलटारमा कक्षा एक देखि माध्यमिक शिक्षासम्मका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । माध्यमिक तहमा नेपाल सरकारको माध्यमिक शिक्षा कार्यक्रम तथा इन्टरनेशनल ब्याकलरेट डिप्लोमा कार्यक्रम सञ्चालनमा रहेका छन् । नेपाल सरकार शिक्षा मन्त्रालयको स्विकृति र स्वीट्जरल्याण्डको जेनेभास्थित आइ. बी. ओ. बोर्डद्धारा आधिकारीक मान्यताप्राप्त अन्तर्राष्ट्रियस्तरको यस डिप्लोमा कार्यक्रमले समय सापेक्ष शैक्षिक कार्यक्रमहरु मार्फत १६ देखि १९ वर्षउमेर समूहका युवा अवस्थाका विद्याथीहरुलाई अनुसन्धानात्मक ज्ञान आर्जन गर्न प्रोत्साहन गर्दै आइरहेको छ ।
नेपालको शिक्षाको स्तर उकास्ने उद्देश्यले फाउन्डेसनले निकट भविष्यमा खुमलटार, ललितपूरमा विश्वस्तरीय सुविधायुक्त शिक्षक तालीम केन्द्र सञ्चालनमा ल्याउन लागेको छ । साथै काभ्रेपलान्चोक जिल्लाको नालामा आगामि केही वर्षभित्रमा स्नातकतहको उदार कला (लिबरल आर्टस्) कलेज सञ्चालन गर्ने लक्ष्य राखेको छ ।