neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरी पैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरी पैठारीको सामान बरामद

Feb 13th, 2020

काठमाडौ, माघ १

रौतहट जिल्लाको गौर नगरपालिका ८ स्थित सवगडाबाट फागुन १ गते एपीएफ टोलीले करीव एक लाख ६९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेक्व रौतहटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
त्यसवेला एपीएफ टोलीले लत्ताकपडा ल्याउन प्रयोग भएको एक थान मोटरसाईकल समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल गौर भन्सार कार्यालयमा बुझाईएको छ ।
यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित महादेवपट्टिबाट एपीएफ टोलीले फागुन १ गते चोरीपैठारीको टायल १४ कार्टुन, आईसक्रिम कोन ३ कार्टुन तथा ५ के.जी. आईसक्रिम बनाउने केमिकल बरामद गरेको छ ।

भारतबाट अवैध रुपले मोटरसाईकल तथा साईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग भएको एक÷एक थान मोटरसाईकल र साईकल समेत बरामद गरेको छ ।

एपीएफ टोलीले बरामद सामान, मोटरसाईकल र साईकल गौर भन्सार कार्यालयमा बुझाएको छ । उक्त सामानको भन्सार दाखिला मुल्य करीव दुई लाख ५ हजार रुपैयाँ रहेको छ ।