neapl investment mega bank

नियन्त्रित लागूऔषध सहित २ जना पक्राउ

Feb 13th, 2020

बारा,१ फाल्गुन

कलैया उपमहानगरपालिका -१० मटिअर्वा टोलबाट नियन्त्रित लागूऔषध नुर्फिन ७ सय एम्पुल, फेनारगन ७ सय एम्पुल र डाइजेपाम ७ सय एम्पुल सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहारका २१ वर्षीय चन्दन कुमार र सोही ठाउँ बस्ने २४ वर्षीय मुकेश साह तेली रहेका छन् । बिशेष सूचनाको आधारमाप्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरीले ना. २ ह ३६१४ नम्बरको अटोलाईजाचँ गर्ने क्रममा उक्त नियन्त्रित लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।