neapl investment mega bank
  • गृहपृष्ठ
  • छुट्टाछुट्टैसवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

छुट्टाछुट्टैसवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

Feb 13th, 2020

काठमाडौं, १ फागुन

कञ्चनपुर, सल्यान, धादिङ, सप्तरी,कास्की चितवनका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।

कञ्चनपुर,कृष्णपुर नगरपालिका-२ बंकस्थित सडकमा रोकिराखेको ना.७ ख६५१६ नम्बरको बसमा से.३ प ३९४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदामोटरसाइकलमा सवार कैलाली गोदावरी नगरपालिका-१० बस्ने ३१ वर्षीय मोहन चौधरीको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटना हुँदा सडकमा लडेका चौधरीलाई बिपरित दिशाबाट आएको से।१ ख १२७३ नम्बरको मिनीट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकोमा पदमा अस्पताल अत्तरियामा उपचारको क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कैलाली गोदावरी नगरपालिका-१० बस्ने २८ वर्षीय निराजन चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ। तीनवटै सवारी साधन तथा बस र मिनिट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कञ्चनपुर,लालझाडी गाउँपालिका-६ बेलौरी कलुवापुरस्थित सडकमा लु.१ ख ८७१९ नम्बरको बस र म.१ प १७६४नम्बरको मोटरसाइकल एक-आपसमाबिहीबार बिहानठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक लालझाडी गाउँपालिका-६ ढक्काबस्ने ४२ वर्षीय पदम चौधरीको घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सल्यान,कपुरकोट गाउँपालिका-३ चोरखोलास्थित सडकमा नेपाली सेनाको सबुज गण सिमखर्क ब्यारेकबाट बुटवलतर्फ जाँदै गरेको लु.१ ग १२३ नम्बरको ट्रकसडकबाट अन्दाजी ५ सय मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा ट्रकमा सवारबारा डुमरवाना-८ घर भएका नेपाली सेनाका जमदार ३५ वर्षीय यादव भरेलको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका नेपाली सेनामा कार्यरत अन्य ६ जनालाई तत्काल खटिएका सुरक्षाकर्मीले उद्धार गरी उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुर पठाएकोमा थप उपचारको लागि सैनिक अस्पताल छाउनी रिफर गरिएको छ ।

धादिङ,गजुरी गाउँपालिका-२ चाम्बासस्थित सडकमा लु.२ ख १३५ नम्बरको बस र बा.९८ प ७०५८नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा स्कुटरमा सवार चितवनभरतपुर महानगरपालिका-१३ गितानगर बस्ने २०वर्षीया महिमा सिलवाल र २२ वर्षीया शर्मिला सिलवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुमध्ये महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा र शर्मिलाकोट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाईप्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी धादिङ,बेनिघाट रोराङ गाउँपालिका-२ अर्चलेस्थित सडकमा ना.२ ख ५०५७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने दिनेश गुरुङको छोरा ७ वर्षीय प्रज्वल गुरुङको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सप्तरी,हनुमाननगर कंकालिनी नगरपालिका-१ गोरियाहीस्थित सडकमा बा.१ प ८००० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका-२ सकरदही बस्ने ३५ वर्षीया मुनिदेबी यादवको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की,पोखरा महानगरपालिका-५ जिरो किलोमिटरस्थित सडकमा ग.१ ज ४०९७ नम्बरको ट्याक्सी र ग.१० प२५५५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दार्चुला घर भई हाल पोखरा महानगरपालिका-६ खहरेबस्ने ३५ वर्षीय पदम सिंह दहाडको मेट्रोसिटी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलचालक काभ्रेघर भई हाल पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने २४ वर्षीय आशिष भुजेलको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्सीर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन,भरतपुर महानगरपालिका-१ रामनगर बजारमा रोकी राखेको ना.६ ख १३७६ नम्बरको ट्रकमा प्रदेश नम्बर ३-०३-००१ प ३८५ नम्बरको स्कुटर ठोक्किँदास्कुटी चालक भरतपुर महानगरपालिका-२९ कबिलाश बस्ने २१ वर्षीया अनिता गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको पुरानोमेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।