neapl investment mega bank
  • गृहपृष्ठ
  • बजेट खर्च गर्न पनि धौ धौ छ सरकारलाई,कसरी हुन्छ विकासको लक्ष्य पूरा ?

बजेट खर्च गर्न पनि धौ धौ छ सरकारलाई,कसरी हुन्छ विकासको लक्ष्य पूरा ?

Feb 13th, 2020

आधारभूमी संवाददाता

काठमाडोैं १ फागुन

विकासका लोकप्रिय भाषण गर्ने दुई तिहाईको सरकारले विकासको लागि खर्च गर्नमा भने मन खुम्च्याएको छ । सरकारले चालू आर्थिंक वर्षको बजेट ल्याउँदा विगतका गल्ती दोहोरिन नदिई प्रभावकारी तवरले खर्च गर्ने जनाएको थियो । तर यस वर्ष पनि सरकारको पूजिँगत खर्च निरासाजनक देखिएको छ ।

चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महिनासम्म सुस्त देखिएको विकास खर्चले ७ औं महिनामा केही गति त लिएको छ । तर सन्तोषजनक भने छैन । यस अवधिसम्म कूल विकास खर्च भने ७६ अर्ब मात्र पुगेको छ ।

सरकारको छ महिनाको बजेट समिक्षामा कुल विनियोजनको बजेटको तुलनामाा १८.८५ प्रतिशत मात्र विकास खर्च भएको हो ।

सरकारले चालु आवमा विकास बजेटमा कूल ४ खर्ब माथिको लक्ष्य राखेको थियो । तर लक्ष्य पूरा नहुने देखेपछि विकास बजेटमा कटौती गरेको छ ।

विकासमा हालसम्मको गरिएको खर्च सन्तोषजनक देखिएको छैन । सरकारले आर्थिक वर्षको सुरुदेखि नै अपेक्षाकृत रुपमा पुँजीगत खर्च नहुँदा अर्थिक वर्षको अन्त्यमा रातारात बजेट खर्च गर्ने गरेको पाइन्छ । यसरी आर्थिक वर्षको सुरुदेखि नै पुँजीगत खर्च अपेक्षाकृत रुपमा नहुने हुँदा अन्तिममा आर्थिक अनुशासनमा समेत समस्या देखिने गरेको छ ।

सरकारले यस अवधिमा कूल बजेट खर्च भने ४६ प्रतिशत पुगेको छ । यस अवधिमा ५ खर्ब ३५ अर्ब १६ करोड रुपैयाँ बजेट खर्च भएको छ ।

सरकारले चालू आवमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको थियो । जसमा ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ पुँजीगत खर्चको लागि विनियोजन गरेको थियो ।

बजेट समिक्षामा बजेट कटौती गरेपछि अब कूल बजेट १३ खर्ब ८५ अर्ब ९६ करोड पुगेको छ । यस अवधिमा चालु खर्च भने ४ खर्ब ८६ अर्ब १२ करोड रुपैयाँ भइसकेको छ । यो कूल विनियोजन लक्ष्यको ३८.२१ प्रतिशत हो ।