neapl investment mega bank

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Feb 13th, 2020

काठमाडौं, फागुन १

झापा, गौरिगंज गाउँपालिका ३ बस्ने दुर्लब श्रेष्ठको प्रार्थना होटलमा ग्याँस सिलिण्डर लिक भई बुधबार साँझ आगलागी हुँदा होटल पूर्णरूपमा जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रुकुम (पश्चिम),मुसिकोट नगरपालिका-१ खल्ङगास्थित आमा कपडा पसलबाट करेन्ट सर्ट भई बुधबार राति आगलागी हुँदा नजिकै रहेका हिमालय फेन्सी पसल र डिग्रे साईकुमारी स्टेस्नरी पसलमा समेत आगलागी हुँदा तीन वटै पसल पूर्णरूपमा जलेर करिब २ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।