neapl investment mega bank
  • गृहपृष्ठ
  • विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रही फरार भएका व्यक्ति पक्राउ

विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रही फरार भएका व्यक्ति पक्राउ

Feb 13th, 2020

सप्तरी, फागुन १

जिल्लाअदालत धनुषाबाट कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बिष्फोटक पदार्थसम्बन्धि कसुर र संगठित अपराध मुद्दामा वारदात पश्चात फरार रहेका धनुषा, धनुषाधाम नगरपालिका-६ सरस्वतीपुरबस्ने ३४ वर्षीय ईन्दल साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सुरुङ्गा नगरपालिका-६ श्रीपुर बस्ने एक व्यक्तिको घरमा चन्दा माग्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनी उपर थप अनुसन्धान गर्ने क्रममा उनी विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रही फरार रही पक्राउ पूर्जी समेत जारी भएका व्यक्ति भएको खुल्न आएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।