neapl investment mega bank
  • गृहपृष्ठ
  • कामना सेवाको बीमा सहितको बचत खाता संचालनमा

कामना सेवाको बीमा सहितको बचत खाता संचालनमा

Feb 12th, 2020

काठमाडौ, माघ २९

कामना सेवा बिकास बैकले बीमा सहितको बचत खाता संचालनमा ल्याएको छ । प्रगतिको आधार कामना सेवासँग कारोबार भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै बीमा सुविधा सहितको स्वणिम
सुरक्षित प्लस बचत खाता सञ्चालनमा ल्याएको हो ।

यस प्रकारको खाता खोल्ने ग्राहकले ऐभरेष्ट इन्स्योरेन्सको सहकार्यमा सात लाख सम्मको दुर्घटना बीमा र एक लाख सम्मको ओषधी उपचार बीमा सुविधा समेत प्रदान गर्ने हुंदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बंैकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा एक सय १८ वटा शाखा तथा ६२ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोवाईल बैंकिङ, सि आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।