neapl investment mega bank
  • गृहपृष्ठ
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

Feb 12th, 2020

काठमाडौं, २९ माघ

कञ्चनपुर, नवलपरासी९पूर्व० र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-५ बन समितिस्थित सडकमा से.१ क ९१६ नम्बरको जेसीबीले मंगलबार साँझ पैदलयात्रीलाई ठक्कर दिँदा भिमदत्त नगरपालिका-९ ब्रहमदेव बस्ने ३५ वर्षीय गणेश बादीको घटनास्थलमै मृत्यु भएको छ । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी(पूर्व), बुलिङटार गाउँपालिका-२ छर्छरेस्थित सडकमा लु.४ त २५५६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर मंगलबार साँझ दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बुलिङटार गाउँपालिका-३ बस्नेहरु ४० वर्षीय पूर्ण बहादुर थापा, २५ वर्षीय लिल बहादुर सारु, २२ वर्षीय नर बहादुर सुस्लिङ मगर र ५९ वर्षीय यमान सिङ सारु रहेका छन् । पूर्ण र लिललाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो भने नर बहादुर र यमानको प्राथमिक स्वास्थ्य केन्द्र लिलिङटारमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ८ जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।

झापा, शिवसताक्षी नगरपालिका-७ लालझोडास्थित सडकमा मे.१ त ४५४४ नम्बरको ट्याक्टरकबाट मंगलबार बेलुका लडेर गम्भीर घाइते भएका सहचालक मोरङ टाँडी बस्ने २३ वर्षीय मनित लिम्बुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।