neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरानाको त्रास बढ्दो, कोराना विरुद्ध यस्तो छ सरकारको तयारी

नेपालमा कोरानाको त्रास बढ्दो, कोराना विरुद्ध यस्तो छ सरकारको तयारी

Feb 12th, 2020

आधारभूमी संवाददाता
काठमाडौं, माघ २९


चीनमा फैलिरहेको कोरोना भाइरस विरुद्ध नेपाल सरकारले तयारीका सबै प्रकृया अपनाएको वताएको छ । केही दिन अघि सरकारले नेपालमै ३ सय शैय्याको अस्पताल खोल्ने निर्णय गरेको थियो भने चीनमा रहेका विद्यार्थी लाई वाइडवडी जहाजबाट नेपाल ल्याउने तयारी गरेको छ ।

गत बिहीबारको मन्त्रीपरिषद् बैठकले सरुवा रोगको नियन्त्रणका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको थियो । नेपालमा सरुवा रोगको प्रकोप फैलिएमा उपचार गर्ने छुट्टै अस्पताल छैन ।

सरकारले तत्कालका लागि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमार्फत गम्भीर प्रकारका सङ्क्रामक रोगको उपचार गर्दै आएको छ । टेकु अस्पताल जम्मा ६० शैयाको छ ।

समान्य भाइरलमा पनि कोरानाकै त्रास

यतिवेला आम जनतामा कोरोना भाइरसको त्रास फैलिएको छ । समान्य भाइरलले सताएपनि कोराना भाइरस लाग्यो कि भनेर आत्तिनेहरु उत्तीकै छन् । भर्खरै सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमण भएको भन्ने हल्लाले जनता त्रसित भए ।

सरकारले अध्ययन गरेर सो ठाउमा कोरोना भाइसरको संम्भावना नरहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको वताए ।

उनकाअनुसार सो क्षेत्रमा हाल देखा परेको भाइरल सङ्क्रमणको उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट परिचालन गरी उपचार शुरु गरिएको छ ।

साथै त्यहाँको भाइरल सङ्क्रमणबारे जाँच गर्न आफूहरुले टेकुस्थित सरुवा रोग महाशाखालाई अनुरोध गरेको र महाशाखाले पनि चाँडै टोली त्यसतर्फ पठाउने जानकारी गराएको उनले वताए।

गाउँमा १५० मा रुघाखोकी र ज्वरो देखिएको तथा १० को उपचार भएको छ भने एकको अवस्था गम्भीर रहेको वताइएको छ ।

गाउँमा भाइरल सङ्क्रमण भएपछि कोरोना भाइरसको लक्ष्यणसँग मिल्दोजुल्दो भएको भन्दै गाउँपालिकाले सहयोगका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचारसमेत गरको छ । सो स्थानमा विगत तीन दिनदेखि बिरामीको सङ्ख्या बढेको हो ।

चीनबाट ल्याइएका विद्यार्थी यहाँ रहन्छन्

चीनको वुहान प्रान्तमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई चार स्थानमा राख्ने सरकारको निर्णय छ । शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा रहेका क्वारेन्टाइन स्थल व्यवस्थित गरी राद्यने तयारी भैरहेको छ । उनीहरुलाई १४ दिनसम्म अलग–अलग रुपमा ती ठाउँहरुमा राखिने जनाइएको छ ।

चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि त्यहाँका १८० नेपाली विद्यार्थीले स्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा निवेदन दिइसकेका छन् ।

सरकारले निवेदन दिएका विद्यार्थीलाई चाँडै नै नेपाल ल्याउनका लागि पहल गरिरहेको छ । चीनबाट आउँदा चीनको विमानस्थलमा स्वास्थ्य परीक्षण हुने, त्यहाँबाट नेपाल आउने यात्रुको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरी सङ्क्रमित यात्रुलाई उपत्यकाको ती चार स्थानको ‘आइसोलेशन वार्ड’मा राखी उपचार गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमितबाहेक अन्यलाई दुई हप्ता निगरानीका लागि छुट्टै स्थान (क्वारेन्टइन) मा राखिनेछ ।