neapl investment mega bank

अवैध लागूऔषध सहित पक्राउ

Feb 12th, 2020

काठमाडौं, २९ माघ

नवलपरासी (पूर्व), कावासोती नगरपालिका-८ पूर्वपश्चिम राजमार्गबाट नियन्त्रित लागूऔषध फेनरागन ५० एम्पुल, डाईजेपाम ५० एम्पुल र आई.पि.पि.एल.५० एम्पुल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु.२ ख ३०२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार काठमाडौं महानगरपालिका-२३ बस्ने रवि राई र दोलखा भिमेश्वर नगरपालिका-११ बस्ने सुमन सुबेदीको साथमा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

नवलपरासी (पूर्व), कावासोती नगरपालिका-१६ चालिसकिलो जंगलस्थित पूर्वपश्चिम राजमार्गबाट नियन्त्रित लागूऔषध फेनरागन ३ सय २८ एम्पुल, डाईजेपाम ३ सय २८ एम्पुल र नोर्फन ३ सय २८ एम्पुल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.४६ प ३४८७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार काठमाडौं महानगरपालिका-२३ बस्ने ३० वर्षीय दिपक थापा र चितवन भरतपुर महानगरपालिका-४ बस्ने ३० वर्षीय कृष्ण कडेललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४ चारदोबाटोबाट सिन्धुपाल्चोक यमुनाडाँडा गाउँपालिका-४ घर भएका २६ वर्षीय राम कुमार खड्का लगायत ३ जनालाई नाईट्रोजेपाम ३ सय ३० ट्याब्लेट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।