neapl investment mega bank
  • गृहपृष्ठ
  • मेगा बैंकको नाफा ह्वात्तै बढ्यो, दोस्रो त्रैमासिकसम्म ३० प्रतिशतले बृद्धि

मेगा बैंकको नाफा ह्वात्तै बढ्यो, दोस्रो त्रैमासिकसम्म ३० प्रतिशतले बृद्धि

Feb 11th, 2020

काठमाडौं, २८ माघ

मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा ह्वात्तै बढेको छ ।

दोस्रो त्रैमासिक अवधिसम्म मेगा बैंकले ९५ करोड रुपैँया खुद मुनाफा आर्जन गरेको हो । चालु आर्थिक बर्ष २०७५/७६ को पहिलो त्रैमासिकमा ४३ करोड ७४ लाख मुनाफा आर्जन गरेको बैंकले दोस्रो त्रैमासिकसम्म आइपुग्दा ९५ करोड २ लाख खुद मुनाफा गर्न सफल भएको छ । जबकी आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ७३ करोड २० लाख रुपैँया मुनाफा आर्जन गरेको थियो । बैंकको वित्तीय विवरण अनुसार, गत वर्षको सोही अवधिको तुलनामा बैंकले करिब ३० प्रतिशत मुनाफा बृद्धि गर्न सफल भएको छ ।

२०७६ पौष मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप १४ अर्ब ४१ करोडले वृद्धि भई ८४ अर्ब ६३ करोड रुपैँया पुगेको छ जुन २० प्रतिशत भन्दा बढीको वृद्धि हो । त्यसैगरी, कर्जा तथा सापटी १२ अर्ब १८ करोडले वृद्धि भई ७८ अर्ब ११ करोड कायम भएको छ जुन १८ प्रतिशत भन्दा बढीको वृद्धि हो ।

मेगा बैंकका देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।