नयाँ दिल्ली, २८ माघ (रासस/एएनआई)
भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले मङ्गलबार साँझ ८ः३० सम्ममा ५५ सीटमा विजय भएको छ भने अझै सातमा अग्रता लिएको छ ।
कुल ७० सीटको विधान सभामा आपले ५५ सीटमा विजय गर्दा भारतीय जनता पार्टीले जम्मा छ स्थानमा जीत निकालेको छ भने केन्द्रमा प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले कुनै पनि स्थान सुरक्षित गर्न नसकेको देखिएको छ ।
दिल्ली विधान सभामा कङ्ग्रेसले मतगणनाको प्रारम्भिक चरणमा एक दुई स्थानमा अग्रता लिए पनि यो धेरै समय टिक्न सकेन । कडा सुरक्षाको बीचमा शहरभरिका २१ केन्द्रहरूमा मतगणना गरिएको थियो । निर्वाचनको अन्तिम परिणाम आउन अझै केही समय लाग्ने भारतीय निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् ।
दिल्लीका मुख्य मन्त्री केजरीवाल विधान सभाका लागि भारी मतले बिजय हुनुभएको छ । आपका केजरीवाले ४६ हजार ७५८ मत ल्याउँदा भारतीय जनता पार्टी ९भाजपा० का सुनील कुमार यादवले कुल २५ हजार ६१ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन आयोगको साँझ नौ बजेसम्मको तथ्याङकमा आपले सबैभन्दा बढी ५३।०६ प्रतिशत मत प्राप्त गरेको छ भने भाजपाले ३८ प्रतिशत मत पाएको छ । कुनै पनि सीट नजितेको कङ्ग्रेसले निकै थोरै चार प्रतिशत पाएको छ ।