neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण

Feb 11th, 2020

काठमाडौ, माघ २८

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज नवलपुर जिल्लाको हात्तिखोरस्थित श्री राष्ट्रिय सेवादल मध्य तालिम शिक्षालयमा संचालित सि.सं. १५औं व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले दीक्षान्त कवाजमा सम्बोधन गर्नुहुँदै देशभक्ति, राष्ट्रियता र राष्ट्रिय एकता अभिबृद्धी गर्दै नैतिक र अनुशासित भावी नेतृत्व तयार गर्ने मूल उद्देश्य लिएर नेपाली सेनाले विगत लामो सयमदेखि NCC तालिम संचालन गर्दै आएको बताउनु भएको थियो । उहाँले राष्ट्रिय युवा सशक्तिकरण कार्यक्रम अन्तरगत संचालित १०० दिनको तालिम सफलतापूर्वक सम्पन्‍न गर्नुहुने सबै क्याडेट छात्ररछात्राहरुलाई बधाई दिनुहुँदै देश विकासमा युवावर्गको सहभागिताको महत्त्व बुझेर आफ्ना छात्ररछात्राहरुलाई तालिमको लागी प्रेरित गराउनु हुने अभिभावक, शिक्षकवर्ग एवं शिक्षण संस्थाहरुमा हार्दिक आभार व्यक्त गर्नु भएको थियो ।

साथै, क्याडेट छात्ररछात्राहरुले निःस्वार्थ सेवा भावले राष्ट्रप्रति समर्पित भई एक सच्चा नेपाली नागरिकका रुपमा आफ्नो समाजमा महत्त्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्न सुरु गर्नु हुनेछ भन्नेमा विश्वस्त रहेको समेत बताउनु भएको थियो । समारोहमा उक्त सेवादलका क्याडेट छात्ररछात्राहरुले नृत्य तथा आफ्नो कला प्रस्तुती गरेका थिए ।