neapl investment mega bank

अवैध लागूऔषध गाँजा बरामद

Feb 11th, 2020

मकवानपुर, २८ माघ

राक्सिराङ गाउँपालिका-४ परेवाभिरबाट करिब ३ किलो लागूऔषध गाँजा सोमबार साँझ प्रहरीले बरामद गरेको छ । उक्त भिरबाट मनहरीतर्फ आइरहेका २ जनाले प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ झोला फाली भागेकाले झोलामा राखेको उक्त गाँजा प्रहरीले फेला पारी बरामद गरेको हो ।

उनीहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।