neapl investment mega bank

गाँजासहित महिला पक्राउ

Feb 11th, 2020

विराटनगर, २८ माघ (रासस)

अवैध लागू पदार्थ गाँजालाई ससानो पोका बनाइ बिक्री वितरण तथा सञ्चय गरेको आरोपमा प्रहरीले आज एक महिलालाई पक्राउ गरको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी मानबहादुर राईका अनुसार बुढीगङ्गा गाउँपालिका–५ बस्ने ४० वर्षीय रमिना माझीको घरबाट एक किलो तथा २८ सानो प्लाष्टिका पोका बनाएको गाँजा मोरङको नेमुवाबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ । यस सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।