neapl investment mega bank
  • गृहपृष्ठ
  • ज्योति लाईफको प्रादेशिक कार्यालय धनगढीको समुद्घाटन सम्पन्न

ज्योति लाईफको प्रादेशिक कार्यालय धनगढीको समुद्घाटन सम्पन्न

Feb 10th, 2020

काठमाडौ, माघ २७

देशको विभिन्न स्थानमा आफ्नो ११७ वटा शाखा विस्तार गर्न सफल ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो प्रादेशिक कार्यालय धनगढी, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईंद्वारा समुद्घाटन सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा अध्यक्ष चापागाँईंले बीमाको बारेमा नागरिकलाई जनचेतना बढाउन स्थानिय तहमा अन्तरक्रिया गरी घुम्ती बीमा सेवा सञ्चालन गरी बीमाको प्रभावकारीता बढाउन बीमा समिति आफै लागि परेको कुरा जानकारी गराउनु भयो ।

साथै अहिलेसम्म नियामकिय प्रावधान अनुसारको पुँजी तोक्ने गरिएको भएता पनि अहिले संसारभर जोखिम आधारित पुँजीको अवधारणा कार्यान्वयनमा रहेको हुँदा अब नेपालमा पनि जोखिममा आधारित पुँजी व्यवस्था गर्नुपर्ने जानकारी गराउनु भयो । यस्ता जोखिममा बीमा जोखिम, कर्जा जोखिम, तरलता जोखिम, सञ्चालन जोखिम र बजार जोखिम रहेको र यस्ता जोखिमको लागि पुँजीको मात्रा तोकिने कुरा जानकरी गराउनु भयो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, बीमा सल्लाहकार भोजराज शर्मा लगायत कम्पनीका पदाधिकारीहरु उपस्थित उक्त कार्यक्रममा कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले ज्योति लाईफले बीमा शुल्क आर्जन, प्रविधिक विकास र नयाँ उच्चस्तरिय बीमा योजनाहरुको हकमा पुराना कम्पनीहरुलाई पनि चुनौती दिन सफल भएको र सुदुर पश्चिम ७ नं. प्रदेशको ९ वटै जिल्ला, विकटमा दार्चुला सहित गरी आफ्ना १३ वटा सेवा केन्द्रहरुबाट सेवा सञ्चालन गर्दै आएको कुरा जानकारी गराउनु भयो । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले छोटो समयमा नै बीमाको दायरा छ प्रतिसतबाट २२ प्रतिसत पु¥याउन बीमा समितिको अहम भुमिका बताए ।