neapl investment mega bank

अवैध लागूऔषध सहित पक्राउ

Feb 10th, 2020

काठमाडौं, २७ माघ

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१२ राधाकृष्णचोकस्थित सडकबाट रामेछाप सुनापती गाउँपालिका-२ घर भएका ३४ वर्षीय सुक्रम घिसिङलाई अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, गोकर्णश्वर नगरपालिका-९ अत्तरखेलस्थित सडकबाट सोही ठाउँ बस्ने दोलखा शैलुङ गाउँपालिका-४ घर भएका २१ वर्षीय तेन्जिङ तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन १.५ ग्राम र नगद २० हजार रुपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मोरङ, बुढीगंगा गाउँपालिका-५ बस्ने ४० वर्षीया रमिना माझीलाई अवैध लागूऔषध गाँजा करिब १ केजी ३ सय ग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।