neapl investment mega bank
  • गृहपृष्ठ
  • सुन जस्तो देखिने पहेलो धातु सहित तीन जना नियन्त्रणमा

सुन जस्तो देखिने पहेलो धातु सहित तीन जना नियन्त्रणमा

Feb 10th, 2020

काठमाडौ, माघ २७

महानगरीय प्रहरी वृत्त बालाजुले सुन जस्तो देखिने पहेलो धातु सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले आईतबार विहान तार्केश्वर नगरपालिका ८ शेषमतीबाट जितपुर फेदी बस्ने नुवाकोट तादी ५ का सविन लामा सोही ठाउँका शर्मीला लामा र प्रिया लामालाई पक्राउ गरेको हो ।

उनिहरूले लुकाई राखेको सुन जस्तो देखिने स्वीटजरल्याण्ड फाईन गोल्ड ९९९ लेखिएको पहेलो धातु बरामद गरेको हो । प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।