neapl investment mega bank
  • गृहपृष्ठ
  • पूर्वसचिव अर्जुन कार्कीको श्रीमतीको हत्या , आफ्नै कामदारले हत्या गरेको प्रहरीको अनुमान

पूर्वसचिव अर्जुन कार्कीको श्रीमतीको हत्या , आफ्नै कामदारले हत्या गरेको प्रहरीको अनुमान

Feb 10th, 2020

काठमाडौं,माघ २७

पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको हत्या भएको छ ।

ललितपुरको सानेपास्थित कार्कीको घरमा सोमबार बिहान उनी सहित उनको घरमा काम गर्ने एक जना मृत भेटिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

महानगरिय प्रहरी परिसरका सूचना अधिकारी एसएसपि श्याम लाल ज्ञावालीले मुना कार्कीको हतियार प्रहार गरेर हत्या गरिएको र उनको घरमा काम गर्ने विजय चौधरी झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

उनका अनुसार मुनाको टाउकोमा चोट छ। कार्कीको घरमा काम गर्नेले नै उनको हत्या गरी आफूले आत्महत्या गरेको शंका प्रहरीको छ । थप अनुसंन्धान भैरहेको ज्ञवालीले वताए ।

मध्याह्न १२ बजे जानकारी आएलगत्तै परिसरको प्रहरी टोली निवासमा जाँदा शव भेटाएको थियो।