neapl investment mega bank

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Feb 10th, 2020

काठमाडौं, माघ २७

काठमाडौं, तार्केश्वर नगरपालिका ५ लोलाङ सुन्दरवस्ती बस्ने ४३ वर्षीय दिपक घलेको घरमा पार्किङ गरी राखेको बा.३७ प ८९८१ नम्बरको मोटरसाइकलमा सोमबार बिहान आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ ।

ईलामको सूर्योदय नगरपालिका २ स्थित बजार छेउ बस्ने शसी क्षेत्रीको घरमा आइतबार राति आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब २७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका ९ लामपोखरी बस्ने दिलमाया लिम्बुको घरमा आइतबार साँझ आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

संखुवासभाको पाँचखपन नगरपालिका ७ बाहुनगाउँ बस्ने पदमनाथ कुईकेलको घरमा विद्युत सर्ट भई आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । मोरङको लेटाङ नगरपालिका-१ अधेरी बस्ने ४५ वर्षीय अगम बहादुर मगरको घरमा आइतबार दिउँसो आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।