neapl investment mega bank

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

Feb 10th, 2020

पर्वत, २७ माघ

कुश्मा नगरपालिका-६ शिवालयचोकस्थित सडकमा मुस्ताङबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ७००३ नम्बरको बसको ठक्करबाट पैदलयात्री मोदी गाउँपालिका-४ बस्ने ३१ वर्षीय दिल बहादुर पुनको आइतबार दिउँसो मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका पुनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।