neapl investment mega bank
  • गृहपृष्ठ
  • छिमेकीलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

छिमेकीलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

Feb 10th, 2020

अर्घाखाँची, माघ २७

छिमेकीलाई धारिलो हतियार खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा सन्धिखर्क नगरपालिका-३ छापडाँडा बस्ने ५९ वर्षीय छन्द बहादुर मुखियालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लेनदेनको बिषयलाई लिएर उनले छिमेकी ६६ वर्षीय टान बहादुर थापालाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते थापाको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।