neapl investment mega bank

पेस्तोल र छर्रा सहित पक्राउ

Feb 10th, 2020

बैतडी, २७ माघ

दोगडाकेदार गाउँपालिका-६ सित्तडबाट पेस्तोल १ थान र छर्रा सहित डिलासैनी गाउँपालिका-७ धामीगाउँ घर भएका २६ वर्षीय लोकेन्द्र सिंह धामीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल तथा छर्रा सहित फेला पारेको हो । साथै उनको साथबाट मोबाइल २ थान, विभिन्न दस्तावेज र आर्थिक सहयोग रसिद समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।