neapl investment mega bank
  • गृहपृष्ठ
  • मालपोत कार्यालय लहानमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर स्थापना

मालपोत कार्यालय लहानमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर स्थापना

Feb 10th, 2020

काठमाडौँ, २७ माघ (रासस)

नेपाल बैंक लिमिटेडले मालपोत कार्यालय लहानमा आफ्नो एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का र मालपोत कार्यालय लहानका प्रमुख हरिनारायण चौधरीले शुक्रबार संयुक्त रुपमा सेवाको औपचारिक शुभारम्भ गर्नुभएको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।

कामु सहायक प्रमुख कार्यकारी अधिृकत खड्काले ग्राहकहरूको सुविधाका लागि नेपाल बैंकले काम गरिरहेको र मालपोत कार्यालयको एक्सटेन्स त्यस्तै एउटा उदाहरण भएको बताउनुभयो । मालपोत प्रमुख चौधरीले सेवाग्राहीको हित हुनेगरी काउन्टर खोलिदिएको भन्दै बैंकको व्यवस्थापनलाई धन्यवाद दिनुभयो ।

बैंकका प्रदेश नं– २ का प्रमुख प्रतिभा डङ्गोलले बैंकले अघि बढाएका विभिन्न योजनाका बारेमा जानकारी गराउनुभएको थियो । प्रवक्ता अधिकारीकाअनुसार हाल नेपाल बैंकले १७६ शाखा, २५ वटा एक्सटेन्सन काउन्टर र ११६ एटिएम मेसिनबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । बैंकले चाँडै नै एटिएमको सङ्ख्या १४९ पु¥याउन लागेको र २०७७ सालको असार मसान्तसम्ममा २०० शाखाबाट सेवा प्रदान गर्ने बताइएको छ ।