neapl investment mega bank
  • गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी तिन जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी तिन जनाको मृत्यु

Feb 9th, 2020

काठमाडौं, २६ माघ

पाँचथर, चितवन र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

पाँचथर, फिदिम नगरपालिका-४ थापाटारस्थित सडकमा ग.१ त ३७९९ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा चालक माझिटार बस्ने २६ वर्षीय सुक्रराज माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

चितवन, भरतपुर महानगरपालिका-१० स्थित सडकमा बा.१८ च १८७२ नम्बरको कारलाई ना.५ ख ८६६० नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा ना.६४ प ९६३० नम्बरको स्कुटरलाई शनिबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक हाल नाम, थर, वतन नखुलेका करिब २३ वर्षीय पुरुषको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । ३ वटै सवारी साधन तथा ट्रक र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही, देवदह नगरपालिका-५ कचरापुलस्थित सडकमा हाल नम्बरको नखुलेको सवारी साधनले शनिबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका पदैलयात्री सोही ठाउँस्थित प्रगति बजार बस्ने ४८ वर्षीय रतन बहादुर परियारको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने सवारी साधन फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।