काठमाडौ, माघ २५
सिद्घार्थ बैंकले २०७६ माघ २४ गते शुक्रबार रुकुम अवस्थित मुसिकोट शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । बैंकको मुसिकोट शाखाको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमबाट भएको थियोे । बैंकले उक्तशाखा२०७५ अषाढ ३१ गतेदेखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।
सबै क्षेत्र र वर्गसम्मबैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०३ एटिएम र १,६०० भन्दा बढी पस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफनो सेवालाई थप सुदृढ, आत्मीय र ग्राहकमुखी बनाउने उद्देश्य लिएको छ ।