काठमाडौ, माघ २५
सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको दोश्रो बार्षिक साधारण सभा कम्पनीको अध्यक्ष खेमराज लामिछानेको सभापतित्वमा सम्पन्न भएको छ । गैरआवासिय नेपालीहरु, लव्ध प्रतिष्ठीत उद्योगी तथा व्यवसायिहरुवाट स्थापित यस कम्पनीले २०७५ आषाढ २७ वाट आफ्नो व्यवसायिक बीमा कारोवार सुभारम्भ गरेको हो
सभामा आ.व. २०७५/०७ ६को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्षले नेपाल वित्तिय प्रतिवेदनमान बमोजिम वित्तीय विवरण पेश गर्दै कम्पनीको हाल कायम चुक्ता पुंजी ७० करोड रहेकोमा नियमक निकाय बीमा समितिको निर्देशन बमोजीम एक अर्व चुक्ता पुंंंजी पुर्याउनु पर्ने व्यवस्था भए अनुसार सर्वसाधारणका लागि सुरक्षित गरिएको ३० लाख कित्ता सेयर यसै आर्थिक बर्षमा जारी गर्ने प्रकृयाका लागि कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदानगर्ने प्रस्ताव पेश गर्नु भएकोमा उक्त सभाले सो प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेको छ ।
त्यसैगरि आगामी आ.व. ०७६/०७७ का लागि कम्पनीको बार्षिक लेखा परिक्षकमा सुजन काफ्ले एल.आर. एसोसियट्स, चाटर्ड एकाउण्टेण्ट्लाई नियुक्त गर्न संचालक समितिले गरिको प्रस्ताव पनि सभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।
साथै हाल कम्पनीको प्रधान कार्यालय सहित गत आ. व. मा १६ वटा शाखा कार्यालयहरु संचालन रहेकोमा यस आ. व. माथप १० वटा शाखा तथा कृषि बीमा कार्यक्रमहरु संचालन गरि कम्पनीको व्यवसायिक दायरा फराकिलो पार्दै लगिने जानकारी कम्पनीले दिएकोा छ ।