neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालउद्योग परिसंघबिच भेट

राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालउद्योग परिसंघबिच भेट

Feb 8th, 2020

काठमाडौ, माघ २५

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग व्यवसायीक क्षेत्रको उत्साह बढाएर देशको आर्थिक विकास तथा समृद्धि हासिल हुन सक्ने बताउनु भएको छ । राष्ट्रपति निवास शितल निवासमा नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगको भेटमा राष्ट्रपति भण्डारीले सरकार र निजी क्षेत्रको सहकार्यबाट आर्थिक विकासले गतिलिन सक्ने बताउनु भएको हो ।

निजी क्षेत्रको विकास र समस्या समाधानमा आफ्नो सधै सद्भाव रहेदै आएको पनि राष्ट्रपति भण्डारीले उल्लेख गर्नु भयो । समष्टिगत आर्थिक विकासका एजेण्डा, रोजगारी सृजना तथा निजी क्षेत्रले उठाएका समस्या समाधानमा आफ्नो चासो र निरन्तर पहल रहने पनि राष्ट्रपति भण्डारीले विश्वास दिलाउनु भयो ।

सो अवसरमा नेपालउद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले देशको आर्थिक विकास तथाउद्योग व्यवसायको वातावरण सुधारमा राष्ट्रपतिबाट प्राप्त सन्देश निकै महत्वपूर्ण रहेको बताउनु भयो । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न नेपाल सरकारसँग नेपाल उद्योग परिसंघले सघन सहकार्य गर्दै आएको पनिअध्यक्ष मोरले राष्ट्रपतिलाई जानकारी गराउनु भयो । सरकार र व्यवसायीबिचको विश्वासको वातावरण बनाउन पर्ने र वातावरण बन्दाआर्थिक विकासमा थप मद्दत पुग्नजाने तर्फ अध्यक्ष मोरलेराष्ट्रपतिको ध्यानाकर्षण गराउनु भयो ।

यसैगरि परिसंघले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालको उद्यमशीलता प्रवद्र्धनका लागि विभिन्न साझेदारहरुसँगको सहकार्यमा आयोजना गर्न लागेको दोस्रो उद्यमशीलता सम्मेलनका बारेमा पनि जानकारी गराएको थियो ।

सो अवसरमा परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, पदाधिकारीहरु, गभर्निङ्ग काउन्सिलका सदस्यहरु तथा परिसंघको युवा उद्यमी मञ्चका पदाधिकारीहरुले उद्योगी व्यवसायीहरुले भोगेका कानूनी झन्झट, विद्युत खपत बढाउने गरि महशुल तथा संरचनागत सुधारको आवश्यकता, आयात प्रतिस्थापन तथा निकासि प्रर्वद्धन मार्फत व्यापार घाटा कम गर्ने उपायहरु बारे धारणा व्यक्त गरेका थिए ।